Gorkha Sansar

धुर्मुशले चितवनकाे निर्माणाधीन रंगशालामै मनाए दशैं

काठमाडौँ ।

नेपालीहरूकाे महान पर्व बडादशै २०७७ कलाकार धुर्मुश (सिताराम कट्टेल) ले चितवनकाे निर्माणाधीन रंगशालामै मनाएका छन् ।

कोभिड १९ को महामारीका कारण यो दशैँ सारा नेपालीले साेचेजस्ताे रूपमा मनाएका छैनन ।

यसैबिच लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) दशैं टीकाका केही तस्विर शेयर गर्दै लेखेका छन:

नबदुर्गा भवानिको कृपाले घरपरिवार र रङशाला परिवार दुबै संग बिजयादशमिको टिका आदानप्रदान सगै ग्रहण गर्ने अवसर प्राप्त भयो। ७७ बर्षिय हजुरआमा, बुवा आमा, श्रीमती , छोरि, भाइहरु र बहिनि सहित परिवार सग टिका ग्रहण आशिर्बाद सग सगै गौरबको परियोजना रङशाला निर्माण अभियानमा १५० जना भन्दा बढि जन शक्ति, कर्मचारी साथीहरू  जो दशैमा पनि घर नगइ निरन्तर निर्माण अभियानमा जुटिरहनु भएको छ्। उहाहरुलाइ टिका लगाइदिन पाउदा मैले आफुलाइ भाग्यमानि ठानेकाे छु। अभियान सग जोडिएर काम गर्नुहुने दाजुभाइ दिदिबहिनिहरुलाइ मैले आफ्नो परिवार सम्झिएको छु। पुन देश बिदेशमा हुनुहुने सबै नेपालि जनहरुमा बिजयादशमिको शुभकामना ब्यक्त गर्दछु।”

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.