Gorkha Sansar

बहराइनका राजकुमारले गरे मनासलु हिमालकाे सफल अाराेहण

बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफाले बिहीबार  ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

कोभिड—१९ माहामारीको समयमा राजकुमार खलीफाले नेपालका दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्। यसअघि उनले लोबुचे हिमालको सफल आरोहण गरेका गरेका थिए ।

 बहराइन राजकुमारसहित १७ जनाको टोलीले बिहानै मनास्लु हिमालको अाराेहणमा उनीसहित १७ जना सहभागी रहेका थिए ।

पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले सफल आरोहण गरेको जानकारी दिइन्।

आचार्यका अनुसार उनीहरु बिहीबार बिहान ७ः१० मा मनास्लु हिमालको टाकुरामा पुगेका थिए।

नेपालको हिमाल आरोहणका लागि बहराइन राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १५ जना र ३ जना वेलायतका गरी १८ को टोली आरोहणका लागि नेपाल आएका थिए। त्यसमध्ये १४ जना मात्रै आरोहणमा सहभागी भएका हुन्।

उनिहरूले अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.