Gorkha Sansar

३८ वर्षीय राजु गुरुङको हत्या गरिएको आशंकामा परिवारले सदगत गरेको शव उत्खनन

चित्र बहादुर गुरुङ

आबुखैरेनी२ असोज

तनहुँ आबुखैरेनी गाउँपालिका ४ खस्राङ गाउँका ३८ वर्षीय राजु गुरुङको हत्या गरिएको आशंकामा परिवारले सदगत गरेको शव प्रहरीले उद्खनन गरेको छ। गुरुङको आफ्नै परिवारका सदस्यले कुटपिट गर्दा मृत्यु भएको र रातारात सदगत गरिएको भन्ने सूचना प्रहरिले पाएपछी मृतकको शव आज प्रहरीले उद्खनन गरेको हो।
मृतक गुरुङको भदौ ३१ गते मृत्यु भएको थियो। परिवारले उनको शव सोही दिन नै राती नजिकै चिहानडाडामा लगेर खाल्टो खनी गाडेको थियो।
सुचना प्राप्त हुनासाथ आजै इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बिकाश थापाको नेतृत्वमा अनुसन्धानको लागि टोलि घटनास्थलतर्फ गएको थियो। घटनास्थलबाट प्रहरीले शव उद्खनन गरि पोष्टमार्टमको लागि अहिले दमौली ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिनुभयो। घटनाको बिस्तृत विवरण आउन बाकी रहेको पनि उहाँले बताउनुभयो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.