आँबुखैरेनी, ६ भदौं । लियो क्लब अफ आँबुखैरेनी सिटीले पिसाब थैली र मृगौंलामा पानी जमेर आर्थिक अभावका कारण उपचार नपाएका १ वर्षिय बालकलाई आज आर्थिक सहयोग गरेको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ स्थायी घर भएका हाल आँबुखैरेनी–१, बरादीमा बस्दै आएका केशर परियारका १ वर्षिय छोरा शुसान्त परियारको अप्रेशन गर्नुपरेको र अप्रेशन तथा थप उपचारका लागि आर्थिक समस्यामा परेको भन्दै क्लबले नगद रु. ११ हजार आर्थिक सहयोग गरिएको क्लबले जनाएको छ । क्लबका प्रथम उपाध्यक्ष लियो प्रसन्न अधिकारी, द्वितीय उपाध्यक्ष लियो शैलेस वाग्ले र क्लबका कोषाध्यक्ष लियो हरिश्चन्द्र केसिको उपस्थितीमा बालकका हजुरबुवालाई नगद रु. ११ हजार आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष लियो अमृत पण्डितले जानकारी दिनुभयो । दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएको र लकडाउनका कारण थप आर्थिक अवस्था नाजुक बन्दै गएपछि छोराको उपचारमा आर्थिक सहयोगका लागि केशर परियारले सबैसँग अपिल गर्नुभएको छ । अहिले आर्थिक अभावका कारण बालकलाई काठमाण्डौंको कान्ति बाल अस्पतालबाट उपचार नगरी घर ल्याईएको छ ।
थप समाचार
-
शपथलगत्तै कुलमान घिसिङ मृतक र घाइतेको परिवार भेट्न त्रिवि अस्पताल
गाेर्खा संसारSeptember 15, 2025काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले शपथग्रहण लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । उनी जेन–जी आन्दोलनका मृतक र ... -
कुशल ऊर्जा व्यवस्थापक कुलमान घिसिङ तीन मन्त्रालयको जिम्मेवारीमा
गाेर्खा संसारSeptember 15, 2025काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनमा कुशल छवि बनाएका कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विक... -
ओमप्रकाश अर्याललाई जेन–जी आन्दोलनपश्चात कार्की सरकारमा गृह–कानून जिम्मेवारी
गाेर्खा संसारSeptember 15, 2025काठमाडौं, ३० भदौ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट्दा अधिवक्ता ओमप्रकाश अर्याल थकित र तनावपूर्ण देखिएका थिए। युवाहरूको जेन–जी आन्दोलन सुरु भएदेखि उनको शरीरले मस्त निद्राको... -
विराटनगरमा लुटिएका सामान फिर्ता अभियान
गाेर्खा संसारSeptember 14, 2025भाटभटेनी सुपरमार्केटमा आगजनीपछि भएको लुटपाटबाट संकलित सामग्री फिर्ता गराउने अनौठो नागरिक अभियान विराटनगरमा सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीको नेतृत्वमा य... -
महान्यायाधिवक्तामा सविता भण्डारी बरालको नाम सिफारिस, मुलुकको इतिहासमै पहिलो महिला
गाेर्खा संसारSeptember 14, 2025काठमाडौं २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गर्ने तयारी गरेकी छिन् । बालुवाटार स्रोतका अन... -
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ...