आँबुखैरेनी, ६ भदौं । लियो क्लब अफ आँबुखैरेनी सिटीले पिसाब थैली र मृगौंलामा पानी जमेर आर्थिक अभावका कारण उपचार नपाएका १ वर्षिय बालकलाई आज आर्थिक सहयोग गरेको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ स्थायी घर भएका हाल आँबुखैरेनी–१, बरादीमा बस्दै आएका केशर परियारका १ वर्षिय छोरा शुसान्त परियारको अप्रेशन गर्नुपरेको र अप्रेशन तथा थप उपचारका लागि आर्थिक समस्यामा परेको भन्दै क्लबले नगद रु. ११ हजार आर्थिक सहयोग गरिएको क्लबले जनाएको छ । क्लबका प्रथम उपाध्यक्ष लियो प्रसन्न अधिकारी, द्वितीय उपाध्यक्ष लियो शैलेस वाग्ले र क्लबका कोषाध्यक्ष लियो हरिश्चन्द्र केसिको उपस्थितीमा बालकका हजुरबुवालाई नगद रु. ११ हजार आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष लियो अमृत पण्डितले जानकारी दिनुभयो । दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएको र लकडाउनका कारण थप आर्थिक अवस्था नाजुक बन्दै गएपछि छोराको उपचारमा आर्थिक सहयोगका लागि केशर परियारले सबैसँग अपिल गर्नुभएको छ । अहिले आर्थिक अभावका कारण बालकलाई काठमाण्डौंको कान्ति बाल अस्पतालबाट उपचार नगरी घर ल्याईएको छ ।
थप समाचार
-
भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने
गोर्खा संसारMarch 18, 2026भानु, तनहुँ तनहुँकाे भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ काे स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका दुग्ध उत्पादन गर... -
दुई दिने रैथाने खाना महोत्सव सकियो
गोर्खा संसारMarch 17, 2026दुलेगौंडा, ३ चैत । शुक्लागण्डकीमा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्या... -
मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया
Bijay KumalFebruary 14, 2026शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
पालुङटारमा अंग्रेजी बिषय समिति गठनः अध्यक्षमा भाइकृष्ण सुनार
गोर्खा संसारDecember 14, 2025मंसिर २८, गोरखा गाेरखाकाे पालुङटार नगरपालिकाले असल सिकाइ अभ्यास अादान प्रदान कार्यक्रमसंगै अाज एक कार्यक्रमका बीच भाइकृष्ण सुनारकाे अध्यक्षतामा ७ सदस्यीय अंग्रेजी बिषय काे बिषयगत ... -
रतौलीमा आयोजित सप्ताह ज्ञानमहायज्ञमा २२ लाख नाघ्याेः पर्सि समापन,भक्तजन निकै उत्साहित
गोर्खा संसारNovember 28, 2025तनहुँ १२ मंङ्गसिर व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सातौं दिनसम्म २२ लाख ८७ हजार ४३८ रुपैयाँ दान संकलन भएको छ । मन्दिर...
