Gorkha Sansar

प्रचण्ड चितवनबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता हुने

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता हुने बताएका छन्।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले भरतपुर वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका थिए।

निरीक्षण पछि स्थानीयसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवनमा बढी र कटानको खबर सुनेपछि आफू प्रधानमन्त्रीसँगको वार्ता रोकेर यता आएको बताए।

‘प्राकृतिक विपत्ति पहिला हो भनेर मैले आज प्रधानमन्त्रीसँग हुने वार्ता रोकेर तपाईहरुलाई भेट्न आएको हुँ’, प्रचण्डको भनाई उद्धृत गर्दै राष्ट्रिय युवा संघका नेता सन्तोष पनेरुलेले भने, ‘प्रधानमन्त्रीसँग म यहाँबाट फर्केपछि वार्ता हुन्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताए।

उनले कटानको अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.