Gorkha Sansar

लायन्स क्लब अफ आँबुखैरेनी अकलाद्धारा पुलजिप स्थित संगम टोलका २० घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण ।।

आँबुखैरेनी, १८ असार ।

लायन्स क्लब अफ आँबुखैरेनी अकला तनहुँले लकडाउन प्रभावित २० घरपरिवारलाई आज(बिहीबार) खाद्यन्न सामाग्री वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजिप स्थित संगम टोलका लकडाउन प्रभावित विपन्न वर्ग तथा दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्दै आउनुभएका २० घरपरिवारलाई राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरिएको क्लबकी अध्यक्ष लायन सिता भट्टराईले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमणको यस बिषम परिस्थितीमा बिहान–बेलुकाको छाक टार्न समस्या परेकाहरुका लागि खाद्यन्न वितरण गरिएको र आगामी दिनमा पनि लकडाउन प्रभावित विपन्न वर्गका घरपरिवारलाई खाद्यन्न वितरण गर्ने योजना रहेको क्लबकी अध्यक्ष लायन भट्टराईले बताउनुभयो । प्रत्येक घरपरिवारलाई १५ किलो चामल, १ पोका भूजा, १ लिटर तेल, १ किलो केराउ, १ पोका नुनु, लुगा तथा हात धुने साबुन लगाएतका खाद्यन्न सामाग्री वितरण गरिएको निवर्तमान अध्यक्ष लायन तुलसी खनालले जानकारी दिनुभयो । खाद्यन्न सामाग्री वितरण कार्यक्रममा लायन्स क्लब अफ आँबुखैरेनी अकलाका अध्यक्ष लायन सिता भट्टराई, लायन्स क्लब अफ आँबुखैरेनीका रिजन चियर पर्सन (रिजन ६३) लायन सुरेन्द्र कुमार श्रेष्ठ, लायन्स क्लब अफ आँबुखैरेनीका अध्यक्ष लायन दिपक कोईराला, आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का सदस्य दिनेश के.सी., लायन्स क्लब अफ आँबुखैरेनी अकलाकी निवर्तमान तथा संस्थापक अध्यक्ष तुलसी खनाल, स्थानीय युवा समाजसेवी बादल थकाली, क्लबकी सचिव पवित्रा गुरुङ्ग लगाएत क्लबका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.