Gorkha Sansar

एक्कासि ११ जनामा कोरोना संक्रमण देखिएपछि तनहुको बन्दिपुर क्षेत्र सिल

बन्दिपुर, ९असार
सोमबार एक्कासि ११ जनामा कोरोना संक्रमण देखिएपछि तनहुको बन्दिपुर गाउँपालिकाका सम्पुर्ण क्षेत्रलाइ सिल गर्ने भएको छ। बन्दिपुर गाउँपालिकाको आज बेलुका आकस्मिक बसेको कार्यपालिका बैठकले गाउँपालिकाको सम्पुर्ण क्षेत्र भोलि देखि सिल गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए।
उपाध्यक्ष गुरुङका अनुसार क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुका साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरि ३४ जनाको स्वाव संकलन गरि पिसिआर विधिबाट कोरोना परिक्षण गर्न पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगसालामा पठाएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो।


पोजेटिभ रिपोर्ट आएकोमा चिकित्सक सहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी, रत्न राज्य लक्ष्मी आधारभुत विधालय बन्दिपुरको क्वारेन्टाइनमा रहेको ७ जना र सिकेबिके कलेज बन्दिपुर ४ को क्वारेन्टाइनमा रहेका १ जना रहेका छन्।
गाउँपालिकाको निर्णय अनुसार बन्दिपुर अस्पताल १४ दिनको लागि सिल्ड गर्ने निर्णय गरिएको छ। यस्तै ईलाका प्रहरी कार्यालय बन्दिपुर ७ दिनका साथै गाउँपालिका कार्यालय र मातहतका सम्पुर्ण कार्यालय पनि ७ दिनको लागि बन्द गरिने भएको छ।
यसैगरी बन्दिपुर गाउँपालिका भित्रका सम्पुर्ण संघसंस्था, बैंक बित्तीय संस्था, उद्योग कल कारखाना, बजार १४ दिनको लागि पुर्ण सिल गर्ने निर्णय भएको उपाध्यक्ष गुरुङले बताइन।
“भारत बाट आइ क्वारेन्टाइनमा बसेकामा मात्र नभै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएकोले सुरक्षाको लागि अस्पताल र प्रहरी कार्यालय सहित सम्पुर्ण क्षेत्र सिल गर्न लागिएको हो” – उनले भनिन्।
यस्तै संक्रमितहरुलाइ बन्दिपुरमा नै आइसोलेनमा राख्ने गरि तयारी भएको उनले बताइन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.