Gorkha Sansar

गोरखा जेलब्रेककी कमाण्डर भुजेल रिहा भए लगत्तै प्रहरीको नियन्त्रणमा

गाेरखा संसार

२२ जेठ, गाेरखा

गाेरखा जेल ब्रेक कमाण्डर उमा भुजेल लाइ प्रहरीले रिहा भए लगत्तै पुनः गिरफ्तार भएकी छिन ।

गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी उनलाई  झापा, धनुषा, कैलाली जिल्ला हुदै गोरखा ल्याइएको थियाे । त्यसपिछ गाेरखा जिल्ला अदालतकाे अादेश बमाेजिम रिहा भएकी भुजेललाइ प्रहरीले फेरी अर्काे पूर्जी थमाउँदै गिरफ्तार गरिएकाे हाे । उनलाइ जिप्रका ललितपुरको पुर्जीअनुसार नियन्त्रणमा लिएर पठाइएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

भुजेल हाल नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य काे रूपमा काम गरिरहेकी छन्  ।

उनी राजनीतिक गतिविधिमा प्रतिवन्धित विप्लव समूहको मेची–कोशी व्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्य समेत हुन् ।

१० बर्षे सशस्त्र विद्रोहका बेला २०५७ सालको चैत १७ गते उनको नेतृत्वमा छ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.