Gorkha Sansar

अधिकारीद्वारा विपन्न वर्ग, सुरक्षाकर्मी, प्रहरी र स्वास्थ्यकर्मीहरुका लागि २०० थान मास्क सहयोग ।।

आँबुखैरेनी, २३ बैंशाख ।
तनहुँ आँबुखैरेनीका दुई युवा समाजसेवीलाई २०० थान मास्क सहयोग प्राप्त भएको छ । काठमाण्डौंमा मेडिकल सप्लायर्सका रुपमा काम गर्दै आउनुभएका सागर अधिकारीको पूरानो घर आँबुखैरेनी भएकोले आफ्नो क्षेत्रका लक डाउन प्रभावित विपन्न वर्ग, सुरक्षाकर्मी, प्रहरी र स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै अधिकारीले स्थानीय युवा समाजसेवी दिनेश के.सी. र बादल थकालीलाई २०० थान मास्क पठाउनुभएको हो । विश्वव्यापी रुपमा फैंलिरहेको कोरोना भाइरस संक्रमण सम्भावनाका कारण सरकारद्वारा जारी गरिएको लकडाउनको समयमा आँबुखैरेनीको विभिन्न क्षेत्रमा विभिन्न सहयोग गर्दै आउनुभएका क्रियाशिल दुई युवा समाजसेवीको काम प्रति एक्येवद्धता जनाउदै मास्क सहयोग गरेको अधिकारीले बताउनुभयो

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.