Gorkha Sansar

डुम्रे बजार हरेक दिन बिहान ६बजे देखि ९बजे सम्म मात्र खुल्ने

रविन्द्र कंडेल
गाेरखा संसार
बैशाख १७
बन्दिपुर गाउँपालिका कार्यालयले सर्वपक्षीय बैठक बसी लकडाउनकाे अवधीभर अव हरेक दिन पसलहरू खाेल्ने निर्णय गरेकाे छ । पालिकाकाे हिजाे बसेकाे बैठकले यस्तेा निर्णय गरेकाे गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयेा । यसअघि साताकाे ३ दिन मात्र खाेल्दा बजारमा भीडभाड बढी भएकाे र सामाजिक दुरी कायम गर्न समेत कठिनाइ भएकाे महसूस गरी यस्ताे निर्णय गरिएकाे बताइएकाे छ ।
बन्दिपुर गाउँ पालिकाकाे सर्वदलीय,सर्वपक्षिय बैठककाे निर्णय ।
१) बन्दा बन्दिकाे अबधिभर हरेक दिन बिहान ६बजे देखि ९बजे सम्म मात्र कृषि जन्य तथा खाधान्न पसलहरु सटर भन्दा बाहिर सामान नराखि मात्र काम गर्न सक्ने छ।
२) बन्दा बन्दी भन्दा अगाडि निर्माण गरिएका कार्यहरु लाेकल कामदार द्वारा मात्र पालिका वा सम्बन्धित निकायकाे सिफारिस वा समन्वय गरि मात्र काम गर्न सकिने छ।
३) कृषिमा अाधारित कार्यहरु गर्न सकिने छ।
४) राहातकाे निम्ति सहयाेग गर्न समाज सेवी,संघ सस्था,राजनैतिक दल सबैमा अपिल गर्दछ।
नाेट:कुनै पनि कार्य गर्दा सामाजिक दुरी कायम गरि मात्र गर्न सकिने छ अन्यथा कानुन अनुसारकाे कारवाहिकाे भागिदार हुनेछ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.