Gorkha Sansar

आँबुखैरेनीको विभिन्न स्थानमा डिसइन्फेक्टेण्ट स्प्रे छरियो ।।

आँबुखैरेनी, चैत २१ गते ।

डिसइन्फेक्टेण्ट स्प्रे छर्न बाँकी रहेको आँबुखैरेनी गाउँपालिका–३, को विभिन्न स्थानमा डिसइन्फेक्टेण्ट स्प्रे छरिएको छ । स्थानीय युवा समाजसेवी अभियान श्रेष्ठको नेतृत्वमा बिहीबार दिनभर फ्युचर स्टार बोर्डिङ्ग स्कूल देखि नमूना खत्री टोल हुदै प्रगतीटोल सम्म, गाउँपालिका कार्यालय देखि बगाले टोल सम्म, एक्टिभ बोर्डिङ्ग स्कूल क्षेत्र वरिपरि र भदौरे टोल लगाएतका स्थानमा डिसइन्फेक्टेण्ट स्प्रे छरिएको हो । विश्वब्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस क्षेत्रमा कोरोना भाईरसको संक्रमण हुन नदिन डिसइन्फेक्टेण्ट स्प्रे छर्ने कार्य संचालन गरिएको नेपाल तरुल दल आँबुखैरेनी इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहुनभएका युवा समाजसेवी अभियान श्रेष्ठले बताउनुभयो ।

डिसइन्फेक्टेण्ट स्प्रे छर्न छुटेको यस क्षेत्रको अन्य ठाउँमा स्प्रे छर्नु परेमा मोबाईल नम्बर ९८१९१८४००० मा सम्पर्क गर्न श्रेष्ठले आग्रह गर्नुभएको छ । यस अघि उहाँले कोरोना भाईरसको संक्रमणबाट बच्न तथा बचाउनको लागि मजदुर, आश्रममा बसोबास गर्ने बद्धबृद्धा, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका आँबुखैरेनी गाउँपालिका भित्रका २ सय ५० घरधुरीलाई २५० थान सेनिटाईजर, २५० थान डिटोल साबुन र १२०० थान मास्क बितरण गरिसक्नुभएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.