Gorkha Sansar

निजी अस्पताललाई तत्काल सरकारीकरण गर : सांसद अधिकारी

गोरखा, १९ चैत । संघिय सांसद हरीराज अधिकारीले निजी अस्पताललाई तत्काल सरकारीकरण गर्न माग गरेका छन्। बुधवार सामाजिक संजालमा आफ्नो धारणा राख्दै सांसद अधिकारीले सरकारले विना कुनै विलम्व सवै निजी मेडिकल कलेजहरूलाई सरकारीकरण गर्न माग गरेका हुन्।

कोरोना संकटको बेला निजि मेडिकल कलेजहरूले अनौठो परिघटना देखाएको भन्दै यो माफियाकारणको हद भएको उनको टिप्पणी छ ।

बिश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) जोखिम बढि रहेका बेला निजी अस्पतालहरुले उपचार गर्न अटेर गरेको तर्फ सांसद अधिकारले आक्रोश व्यक्त गरेका हुन्।

सांसद अधिकारीले भनेका छन्, ‘कोरोना नियन्त्रणका लागी सरकार लकडाउन लगायत हरदम सम्भव उपायहरु गरिनै रहेको छ, तर बिरलै देखिने परिघटना अहिले निजी मेडिकल माफियाले देखाएका छन् ।’

उनले अरुबेला सरकारी अस्पतालमा उपचार हुदैन हामी अन्तराष्ट्रिय स्तरको सेवा दिन्छौ भन्दै कुर्लने अस्पतालहरु बिपतको घडीमा खुट्टामा घाउ लिएर उपचारका लागि गएकाहरुलाई समेत अस्पताल प्रवेश गर्न नदिएर मर्न बाध्य पारेको उल्लेख गरेका छन् ।

पछिल्लो समय निजी अस्पतालले सामान्य ज्वरो आएका विरामीलाई पनि भर्ना नलिई गेटबाटै फर्काउने गरेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.