Gorkha Sansar

तनहुँमा चितुवा आतंक अझै रोकिएन, चितुवा कै पञ्जाबाट आमाले छोरा खोसेर बचाईन्

तनहुँ,

तनहुँमा चितुवा आतंक अझै रोकिएको छैन । चितुवाको आक्रमणमा परि बन्दीपुर ५ याम्पाफाँट कुमालटारीका लाल बहादुर नेपाली र मिरा नेपालीको ९ वर्षीय छोरा अनुप नेपाली घाइते भएका हुन।
चितुवाको आक्रमण बाट बालकको घाटीमा गहिरो चोट लागेको छ।

बुधबार साँझ अन्दाजी ८ बजेको समयमा गाउँमा भएको विवाह हेर्न आमा र अन्य चार जना साथीसंगै गएका नेपालीलाई चितुवाले बस्ती नजिकै रोडमै आक्रमण गरेको थियो । सोही समयमा संगै रहेकी आमाले चितुवा संग छोरालाई खोसेर बचाएकी थिईन । घाइते बालकलाई तत्काल उपचारका लागि डुम्रे स्थित मोती स्वास्थ्य क्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल पठाइएको छ। आर्थिक अवस्था कमजोर भएको कारण तत्काल बन्दिपुर गाउँपालिकाको गाडीमा राखेर घाइते बालकलाई पोखरा पठाइएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयो।

चितुवाले बालक आक्रमण गरेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेको प्रहरी टोलि, बन्दिपुर गाउँ पालिकाका अध्यक्ष पूर्णसिंह थापा,वडा न ५ का वडा अध्यक्ष ध्रुब प्रसाद लामिछाने, ईलाका बन कार्यालयका टोलि,पत्रकार तथा स्थानीय संघ सस्थाका प्रतिनिधिहरु समेतले घटनाको स्थलगत निरीक्षण गरेका थिए।
अहिले घाईतेको अबस्था सामान्य रहेको स्थानीयले बताएका छन् ।
बालक नेपाली स्थानीय चन्द्रोदय आधारभुत बिद्यालयमा कक्षा २ मा अध्यायनरत छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.