Nepal Photo Festival 2026 अन्तर्गत सञ्चालन भइरहेको फोटो प्रतियोगितामा हालसम्म ८०० भन्दा बढी तस्वीर प्राप्त भएका छन् । आयोजक WordPress Pokhara Community ले नेपालभरका फोटोग्राफर तथा फोटोग्राफीप्रेमीबाट आएको उत्साहजनक सहभागिताले आफूहरू उत्साहित भएको जनाएको छ ।
प्रतियोगितामा सहभागीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, इतिहास, परम्परा तथा जनजीवन झल्किने आकर्षक तस्वीरहरू पठाइरहेका छन् । हिमाल, ताल, नदी, गाउँबस्ती, संस्कृति र दैनिकीका विविध पाटोलाई समेटिएका तस्वीरहरूले नेपाललाई विश्वसामु चिनाउने विश्वास आयोजकको छ ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने प्रत्येक तस्वीरले विश्वभर स्वतन्त्र रूपमा प्रयोग गर्न मिल्ने ‘WordPress Photo Directory’ मा स्थान पाउनेछ । यसले नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
साथै उत्कृष्ट तस्वीर पठाउने सहभागीहरूले Ghandruk मा आगामी १३ जुन २०२६ मा आयोजना हुने समापन समारोहमा आकर्षक पुरस्कार जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।
फोटो पठाउने अन्तिम मिति १२ जुन २०२६ तोकिएको छ । आयोजकले अझैसम्म तस्वीर नपठाएका फोटोग्राफीप्रेमीलाई आफ्नो सिर्जना प्रतियोगितामा सहभागी गराउन आग्रह गरेको छ ।
प्रतियोगितासम्बन्धी नियम तथा फोटो अपलोड गर्नका लागि :
Nepal Photo Festival 2026 Official Page