Gorkha Sansar

नेपाल आयल निगमद्वारा पेट्रोल २०२ र डिजेल १८२ रुपैयाँ, इन्धन मूल्यमा १५ रुपैयाँ वृद्धि

 काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको छ ।

निगमका अनुसार नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको छ । नयाँ मूल्यसूची अनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरादिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल १८७ रुपैयाँ थियो ।

यस्तै, यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । पहिलो वर्गअन्तर्गत पर्ने विराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यसैगरी डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ । इन्धन मूल्यवृद्धिसँगै यातायात तथा बजार भाउमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ ।


थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.