Gorkha Sansar

भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने

भानु, तनहुँ
तनहुँकाे भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ काे स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका दुग्ध उत्पादन गर्ने किसानका लागि उत्पादनका आधारमा प्रति लिटर ५ रुपैयाँ अनुदान दिन लागिएको हाे ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकलाई हाैसला बढ्ने हुँदा उत्पादन धेरै हुने भन्दै नगरपालिकालाई दूध, माछामासु र अण्डामा आत्मनिर्भर बनाउन समेत यस्ता कार्यक्रमले सहयाेग पुग्ने विश्वास ब्यक्त गर्नुहुन्छ ।
अनुदानकाे लागि भानु नगरपालिकाकाे पशुपंक्षी तथा मत्स्य विकास शाखाले यहि चैत्र २ गते प्रस्ताव आव्हान गरेकाे छ । दुग्ध उत्पादन गर्ने संस्था वा दुग्ध काराेबार गर्ने सहकारीले १५ दिन भित्र आवश्यक कागजात बुझाउन समेत नगरपालिकाले अनुराेध गरेकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.