Gorkha Sansar

गोरखामा ३३३ मतदान केन्द्रमा तयारी पूराः सिटीहलमा महिला मात्र परिचालन

फागुन २० गते

गोरखा जिल्लाभरि कुल ३३१ स्थायी र दुई अस्थायी मतदान केन्द्र गरी ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी आफ्नो मतदान केन्द्रमा पुगेर हिजो नै सर्वदलीय बैठक सम्पन्न गरी आज बुथ निर्माण कार्यमा जुटिरहेका छन् ।
गोरखाको नयाँबजारस्थित सिटीहल मतदान केन्द्र नमुना मतदान केन्द्रको रुपमा विकास गरी मतदान अधिकृत देखि कर्मचारीसम्म सबै महिला मैत्री बनाइएको जिल्ला स्थित जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभएको छ।
सिटीहलमा क र ख गरी दुईवटा मतदान केन्द्र रहेको र नमुना मतदान केन्द्रमा कुल ७०० जना मतदाता रहेको बताइएको छ। यतिबेलासम्ममा बुत निर्माणको कार्य भइरहेको र गुट निर्माणका क्रममा भवन बनाइरहेको ठाउँ भएको कारणले गर्दा गिटी ढुङ्गा लगायतका सामग्रीहरू छरपष्ट हुँदा व्यवस्थापनमा केही कठिनाइ भएको उक्त मतदान केन्द्रका मतदान अधिकृतको रुपमा खटिनु भएका प्रदेश जन स्वास्थ्य कार्यालय गोर्खाकी जनस्वास्थ्य प्रशासक डाक्टर सिम्रिन काफ्लेले जानकारी दिनुभएको छ । डाक्टर काफ्लेका अनुसार सिटीहलमा भएको दुईवटा मतदान केन्द्रमध्ये मतदान केन्द्र क मा छ जना महिला कर्मचारीहरू खटाइएको छ भने उक्त मतदान केन्द्रमा खटाइएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी समेत सबैजना महिला रहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.