Gorkha Sansar

मर्जरपछि नयाँ कार्यदिशा सार्वजनिक गर्दै Khalti by IME ले पोखरामा एजेन्टसँग अन्तरक्रिया

शनिबार, फागुन २ गते २०८२ मा Khalti by IME ले पोखराको शृजना चोकस्थित White House Party Palace मा “Agent अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

मर्जरपछि संस्थाको नयाँ कार्यदिशा, सेवा विस्तार र एजेन्ट सञ्जालको सुदृढीकरणका विषयमा केन्द्रित उक्त कार्यक्रममा केन्द्रीय कार्यालयबाट Chief Business Officer आशिष गौतम, Assistant Chief Business Officer निशान्त बि.सी., दिनेश वस्ती तथा विजय सुबेदी सहभागी भएका थिए। उनीहरूले मर्जरपछिको रणनीति, सेवा एकीकरणको अवस्था र आगामी योजनाबारे प्रष्ट पार्दै एजेन्टहरूले उठाएका गुनासा तथा जिज्ञासाको प्रत्यक्ष जवाफ दिएका थिए।

कार्यक्रममा एजेन्टहरूको आम्दानीका सम्भावित नयाँ क्षेत्रहरूबारे पनि विस्तृत छलफल गरिएको थियो। हवाई टिकट बुकिङ, सिम कार्ड बिक्री लगायतका अतिरिक्त सेवामार्फत कसरी कारोबार वृद्धि गर्न सकिन्छ भन्ने विषयमा मेरिना रिजाल र श्रिजना तिमिल्सिनाले प्रस्तुति दिँदै व्यावहारिक सुझावहरू प्रस्तुत गरेका थिए।

त्यसैगरी, IME Remit Limited का बिक्री प्रमुख जगत प्रसाद रिजालले सम्बोधन गर्दै डिजिटल भुक्तानी र रेमिट्यान्स सेवालाई एकीकृत गर्दै एजेन्टहरूलाई थप अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापन सत्रमा Khalti प्रतिनिधि विश्वराज बस्नेतले यस्ता अन्तरक्रिया कार्यक्रम देशका अन्य प्रमुख शहरहरूमा पनि विस्तार गरिने जानकारी दिए। साथै, संस्थाले उत्पादन र प्रविधिमा निरन्तर सुधार गर्दै नेपालको डिजिटल बजारमा अझ प्रभावकारी उपस्थिति कायम गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.