Gorkha Sansar

बुटवलमा वर्ड क्याम्प नेपाल २०२६ सुरु : भोलि आइटीसँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गरिने

बुटवल, माघ ९ गते

नेपालको एक ऐतिहासिक नगरी  बुटवलमा आजदेखि वर्ड क्याम्प नेपाल २०२६ सुरु भएको छ। भोलिसम्म चल्ने वर्ड क्याम्पमा भोलि आइटीसँग सम्बन्धित करिब १८ वटा विधामा सहजीकरण गरिनेछ।

वर्ड क्याम्प नेपाल २०२६ का सञ्चालक उत्सव सिंह राठौरले सञ्चालन गर्नुभएको शुभारम्भ कार्यक्रममा आज विभिन्न व्यक्तिहरूले आफ्ना विचार धारणाहरू प्रस्तुत गर्दै भोलिको सहजीकरणमा सहभागी हुन अनुरोध गरेका थिए।

वर्डप्रेसमा १५ हजारभन्दा बढी फोटो योगदान भएको समेत अवसरमा wp creationका यम क्षेत्री लगायत महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूको विशेष उपस्थितिमा केक काटेर खुसियाली मनाइएको थियो।

नेपाल र एसियाका विभिन्न देशबाट करिब ७०० जनाको सहभागिता रहेको कार्यक्रममा भोलिमाघ १० गते कन्फरेन्सको दिनमा सञ्चालन गरिने विभिन्न विषयवस्तु प्रस्तुतिकरण गर्ने व्यक्तित्वहरूले आफ्नो प्रस्तुतिकरणका विषय सहित भोलिको सेसनमा उपस्थित हुन अनुरोध गरेका थिए। यसरी अनुरोध गर्ने टेबल लिडहरूमा मदन पन्थी, बङ्गलादेशबाट आएका आकरामूल हसान, सारिका घिमिरे, प्रदिप दाहाल, अरमान रेजा, प्रवास ठाकुर, अनिल बस्नेत, मिलन हमाल, नाजबुल हुसेन, पूजा दराश्री, सन्तोष कुँवर, सिरिस पौडेल, सुस्मिता पौडेल, बेजिल श्रेष्ठ, मुहीबुल होक, निमेश अग्रवाल, रोजन लामा, सरोज खनाल, शिव अर्याल लगायतका रहेका थिए।

कार्यक्रममा आइटी क्षेत्रमा रुचि राख्नेहरूको निकै उत्साहजनक उपस्थिति रहेको छ भने नेपालका आइटी क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाहरु ले सहयोग गरेका छन् ।

आइटीको क्षेत्रमा कोडको प्रयोग, वर्डप्रेसको प्रयोगबाट हुने फाइदाहरु, एआईको प्रयोग, वर्डप्रेस सुरक्षा, प्लगिन थिम, लगायतका विभिन्न विषयहरूमा सहजीकरण गरिने आयोजकले जनाएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.