आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ चुनावी अभियान प्लेटफर्म NepalActs.com को औपचारिक रूपमा प्रारम्भ गरिएको छ ।
पृथ्वीपथ घोषणापत्रमा आधारित रहेर चुनाव लड्न चाहने स्वतन्त्र उम्मेदवारहरूका लागि NepalActs.com डिजिटल प्लेटफर्म तयार गरिएको हो । यसले परम्परागत राजनीतिक दलका उम्मेदवारहरूविरुद्ध नीति, विचार र राष्ट्रिय दृष्टिकोणमा आधारित एकमात्र वैकल्पिक मार्ग प्रस्तुत गर्दछ ।
यो प्लेटफर्म सार्वभौमिकता, आत्मनिर्भरता, वृत्ताकार अर्थतन्त्र, ऊर्जा स्वतन्त्रता, सांस्कृतिक निरन्तरता र राष्ट्रिय एकता जस्ता विषयहरूमा आधारित राष्ट्रिय अभियान सञ्चालन गर्न इच्छुक उम्मेदवारहरूका लागि निर्माण गरिएको हो । जुन पृथ्वीनारायण शाहबाट प्रतिपादित दिव्योपदेशबाट प्रेरित छ।
अभियान सुरु भएसँगै, उम्मेदवारहरूको उम्मेदवारी दर्ता प्रक्रियामा आवश्यक हुने कागजपत्रको तयारी, कानुनी तथा प्रक्रियागत विषयको जानकारी दिने छ । प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिई यो एकलव्य अभियानमा संलग्न भई कसरी बिजय हासिल गर्ने बारे तयार गरिएका जानकारीमूलक तथा मार्गदर्शक भिडियोहरू समेत यस वेबसाइटमा उपलब्ध छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मंगलबार उम्मेदवारको मनोनयन दर्र्ता हुँदैछ । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका स्वतन्त्र ईच्छुक उम्मेदवारहरूले मनोनयन अगावै यी सामग्रीहरू अवलोकन गर्न यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।
पृथ्वी पथ घोषणापत्रमा आधारित रहेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका स्वतन्त्र ईच्छुक उम्मेदवारहरूले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एउटै चुनाव चिन्ह शान्ति र विजयको प्रतिक दुई औले हत्केला लिनुहुन अनुरोध गरिन्छ ।
NepalActs.com प्लेटफर्म सुरुवात गर्नुको उद्देश्य विचार र नीतिमा आधारित राजनीति प्रवर्द्धन गर्नु, परम्परागत दल संरचनाबाहिरका सक्षम नागरिकहरूलाई सशक्त बनाउनु र नेपालको इतिहास, भूगोल र सभ्यतागत पहिचानमा आधारित राष्ट्रिय मुलधार मार्ग प्रस्तुत गर्नु रहेको छ ।
