Gorkha Sansar

नारायणी आधारभूत विद्यालयकाे ६० अाैं वार्षिकोत्सव सम्पन्न ।

भानु, तनहुँ
तनहुँकाे भानु ५ स्थित नारायणी आधारभूत विद्यालय बारीफाँटको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भानु नगर प्रमुख आनन्दराज त्रिपाठी रहनुभएको थियो भने विशिष्ट अतिथि भानुका उपप्रमुख उमा गोतामे तथा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल रहनुभएको थियो । त्यसैगरी विशेष अतिथि सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का वडाध्यक्ष हरिहर उप्रेती रहनुभएको थियो ।
स्थानीय अभिभावकहरुको व्यापक उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हर्कबहादुर भण्डारीले गर्नुभएको थियो भने विद्यालयका प्रअ गणेशराज पन्थले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा हाल १०९ जना विद्यार्थी रहेका छन् । विद्यालयकाे नव निर्मित भवन United World School-UWS नामक संस्थाले विद्यालयको प्राङ्गणमा ११ कोठे पक्की भवन, बालमैत्री कक्षाकोठा, फर्निचर, कार्पेटिङ्, बुककर्नर, रंगरोगन र सुविधासम्मन्न शौचालयको निर्माण गरेको छ । यसले गर्दा नारायणी आविको भौतिक पूर्वाधार थप मजबुत हुनुको साथै बालमैत्री, स्रोतपूर्ण र सिकाइयोग्य कक्षाकोठा बनेको छ ।
यस विद्यालयका विव्यस अध्यक्ष राजु सिंखडा भानु नगरपालिकाबाट उत्कृष्ट अध्यक्षको रुपमा सम्मानित भइसक्नु भएको छ । विद्यालयको भौतिक निर्माण मात्र होइन आन्तरिक व्यवस्थापन, सरसफाइ, बालबालिकाको आवागमन तथा अन्य स्रोत जुटाउने कुरामा उहाँको खटाइ, मिहिनेत र लगनशिलता वास्तवमै अनुकरणीय छ । उहाँकै व्यक्तिगत पहलमा आफ्नो विद्यालय लगायत छिमेकी सामुदायिक विद्यालयका बालबालिकाहरुलाई समेत जाडो सिजनमा लगाउने न्यानो कपडा (ट्र्याकसुट सेट) वितरण गर्नुभएको छ । उहाँको विद्यालय प्रतिको समर्पणभावकै कारण उहाँ भर्खरै मात्र दोस्रो कार्यकालका लागि विव्यस अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
वार्षिकोत्सवको सन्दर्भमा आयोजित विविध अतिरिक्त क्रियाकलापहरुका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको बीच बीचमा कलाकार विद्यार्थीहरुले उत्कृष्ट साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.