पाैष १५, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित ओमकार योग आयुर्वेद गुरुकुलमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर बाल बालिकाको विकासमा साहित्यको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। शिक्षा युवा तथा खेलकुद शाखा पालुङ्टार नगरपालिकाको आयोजनामा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय आप पिपल का आशिष कार्की प्रथम भई नगद रु ९,३५० सहित प्रमाणपत्र हात पारेका छन्। त्यस्तैगरी ठाँटीपोखरी बालज्योति इङ्लिस बोर्डिङ स्कुलका रोमिस रानाभाटले दोस्रो स्थान हासिल गरी नगद रु६,६७० रुपैयाँ र प्रमाणपत्र हात पारे।
त्यस्तै क्रममा अमरज्योति जनता माध्यमिक विद्यालय लुइटेल कि अस्मी श्रेष्ठले तेस्रो स्थान हासिल गरी नगद रु ३७५० र प्रमाणपत्र हात पारिन् भने अकला माध्यमिक विद्यालय धुवाकोटकी समता बोगटीले सान्तवना स्थान हासिल गरी नगद रु १३३५ रुपैयाँ र प्रमाणपत्र हासिल गरेकी थिइन् । पालुङटार नगरपालिका शिक्षा समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व शिक्षा युवा तथा खेलकुद शाखा पालुङटार नगरपालिकाका प्रमुख मनोज नेपाली सिर्मलले गर्नुभएको थियो । प्रमुख अतिथिको रूपमा कार्यक्रमको समुद्घाटन नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले गर्नुभएको थियो ।
ओमकार योग आयुर्वेद गुरुकुलका विराज भक्त पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा पवित्रा माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक सरोज सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक मनोज भण्डारी, सहप्राध्यापक भोला नारायण रेग्मी, प्राध्यापक डाक्टर जगन्नाथ रेग्मी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी .ले आफ्ना भनाइहरू राख्दै यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता प्रस्फुटन गराउने भएको हुँदा पालिकाले प्राथमिकताका साथ सञ्चालन गरेको बताउँदै कार्यक्रममा सहयोग पुर्याउनु हुने सबै प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।
त्यस्तैगरी सभा अध्यक्षको रूपमा रहनुभएका शिक्षा शाखा प्रमुख मनोज सिरमलले नगरपालिकाको कार्यक्रम विभिन्न स्थानहरूमा विकेन्द्रित गर्दै सञ्चालन गर्ने र विभिन्न स्थानहरूको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुकुलमा कार्यक्रम सञ्चालन गरेको बताउनुभएको थियो। गुरुकुलका संस्थापक गोविन्द रेग्मीले कार्यक्रममा सहयोग पुर्याउने हरु लाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रममा पालुङ्गटार नगरपालिकाभित्रका १५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। निर्णायकको भूमिकामा रहनुभएका गाेपालबाबु मरहट्टाले साहित्यकाे महत्व तथा बक्तृत्वकलाका नियमहरूका बारेमा जानकारी गराउनुभएकाे थियाे भने कवि कृष्ण शरण उपाध्यायले नतीजा प्रस्तुत गर्नुभएकाे थियाे ।
