पाैष १२ गते
अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् ।
निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्तिम मतदाता नामावली जारी गरिएकाे र साे नामावली अनुसार उक्त संख्यामा बृद्भी भएकाे कुराकाे जानकारी दिएकाे हाे ।
२०८२ फागुन २० गतेसम्म १८ बर्ष उमेर पुगेकाहरूकाे विवरण समेतलाइ अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिएकाे बिज्ञप्तिमा बताइएकाे छ । बिज्ञप्तिमा बताइए अनुसार अन्तिम मतदाता नामावलीमा 96,63,358 पुरूष, 92,40,131 महिला र अन्य 200 गरी जम्मा 1,89,03,689 मतदाता समावेश भएका छन्। सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइट www.election.gov.npमा प्रकाशनसमेत गरिएको बताइएकाे छ।
वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१,४०,८०६,महिला ८८,४७,५७९र अन्य १८५ गरी कुल मतदाताको संख्या १, ७९, ८८, ५७० रहेको थियो। वि.सं. २०७९ को तुलनामा2082 मा कुल मतदाताको संख्या ९, १५, ११९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या ५,२२,५५२, महिला मतदाताको संख्या ३,९२,५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ। त्यस्तै गरी अागामी निर्वाचनका लागि गत बर्षकाे भन्दा ७५ वटा मतदान स्थल थप गरिएकाे पनि बिज्ञप्तिमा बताइएकाे छ ।
