पाैष १२ गते, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान्तरणकारी कार्यशाला सम्पन्न भएकाे छ ।
कुनै पनि परिवर्तन शिक्षकहरूबाट नै सम्भव छ भन्ने अाेशाेकाे भनाइअनुरूप मर्स्याङदी उपत्यकाअन्तर्गतका पालुङटार, भाानु, बन्दीपुर र अाँबुखैरेनी लगायत लमजुङका समेत गरी १०० भन्दा बढी शिक्षकहरूकाे उपस्थिति रहेकाे कार्यक्रममा याेग तथा ध्यानका अन्तराष्टिय स्तरका प्रशिक्षक स्वामी याेगानन्दले सहजीकरण गर्नुभएकाे थियाे ।
कार्यक्रममा पालुङटार नगरपालिकाकी उप प्रमुख बन्दना पाण्डेले सम्बाेधन गर्दै याेग तथा ध्यानकाे कार्यक्रमलाइ बिद्यालय स्तरसम्म पुर्याउन पालिकाकाे तर्फबाट याेजना बनाएर अगाडी बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रमका माध्यमबाट बिद्यालय हुँदै बिद्यार्थी तथा अभिभावकहरू सम्म याेग र ध्यानकाे महत्व लाइ उजागर गर्ने उदेश्यका साथ सञ्चालन गरिएकाे कार्यक्रम संयाेजक सराेज सुवेदीले कविताकाे माध्यमबाट बताउनुभएकाे थियाे । त्यस्तै गरी कार्यक्रममा गजलका बादशाहका रूपमा परिचित व्यक्तित्व प्रदीप राेदनका गजलले हल गुञ्जायमान भएकाे थियाे ।
बिगत लामाे समयदेखि अाेशाे कैलाश अाश्रम सञ्चालन गरी यस स्थानमा याेगा र ध्यानसंगै उत्पादनमा समेत जाेड दिँदै अाएकाे र यस पटककाे कार्यक्रम अत्यन्त उपयाेगी महसूस गरिएकाे अाश्रमका सञ्चालक स्वामी प्रेम सुवासले बताउनुभएकाे थियाे ।
च्याङली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष समेत रहनुभएका डा. रविन्द्र कंडेलले सञ्चालन गर्नुभएकाे कार्यक्रममा सहभागीहरूलाइ खाना तथा खाजाकाे लागि अार्थिक सहयाेग गर्नुभएका पुष्पाञ्जली पुस्तक पसल डुम्रेका सञ्चालक सन्दिप खनाललाइ स्वामी याेगानन्द तथा पालुङटार नगरपालिकाकाे उपप्रमुख बन्दना पाण्डेले संयुक्त रूपमा सम्मान पत्र प्रदान गर्नुभएकाे थियाे ।
अधिकाँश सहभागीहरूले कार्यक्रम अत्यन्तै उपयाेगी भएकाे र याेगा तथा ध्यानलाइ कुनै न कुनै तवरले अाफ्ना विद्यालयहरूमा अभ्यासमा ल्याउन पहल गर्ने प्रतिवद्धता गरेका थिए ।
