Gorkha Sansar

मिलिजुली तमु समाज बन्दिपुर गाउँपालिका वडा न: २र ३ का समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गर्ने

पुष ११, २०८२ शुक्रबार
प्रतीक गुरुङ
तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको बैठकले विभिन्न सास्कृतिक कार्यक्रम , शुभकामना आदान प्रदान कार्यक्रम सहित तमु ल्होसार मनाउने निर्णय गरेको हुन । समाजका अध्यक्ष चन्द्रज्वज गुरुङको अध्यक्षतामा बसेको बैठकले बन्दिपुर गाउँपालिका वडा न : २र ३ आहालभञ्ज्याङ्ममा आयोजना गर्ने निर्णय गरेको छ । सास्कृतिक भेषभुसा सहित सास्कृतिक कार्यक्रम , शुभकामना आदान प्रदान कार्यक्रम साथै एकल तथा सामुहिक नृत्य तथा लोक दोहोरी गायक टक गुरुङ बेजोड साङगित प्रस्तुति रहने छ । गुरुङ समुदायले यो पर्व प्रत्येक बर्ष विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर तनहुँ जिल्लामा पनि मनाईदै आएको छ ।जिल्लाको बन्दिपुर गाउँपालिका , आबुखैरेनी गाउँपालिका , भानु नगरपालिका , व्यास नगरपालिका , सुक्लागण्डकी नगरपालिका , भिमाद नगरपालिका , देबघाट गाउँपालिका घिरिङ्ग गाउँपालिका , ऋषिङ गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरेर तमु ल्होसार मनाउदै आएको छ । तमु सम्बत ३२२७८औं नयाँ बर्ष सप्हि ल्हो (नाग बर्ग )को बिदाई तथा त ल्हो (घोडा बर्ग )को स्वागत गर्ने कार्यक्रमहरु तय भएका छन्
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ बर्षको रुपमा लिने गर्दछन । गुरुङ समुदायको आफनै पात्रो अनुसार प्रत्येक पुष १५ गते नयाँ बर्ष फेरिने गरेको गुरुङ अगुवाहरुले बताएका छन । जस कारण विभिन्न धार्मिक बिधि विधान मार्फत पुषको १४ गते राति पुजापाठ गर्ने र १२ बजे नयाँ बर्षको आगमनमा पुरानो बर्षको बिदाइ तथा नयाँ बर्षको आगमन गर्ने प्रचलन रहेको छ । सोही क्रममा १५ गते हर्षउल्लासका साथमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर गुरुङ समुदायले नयाँ बर्ष मनाउने गर्दछन । यस समुदायका धार्मिक गुरुहरुका अनुसार १२ वटा बर्ग रहेको हुन्छ र प्रत्येक पुष १५ गते नयाँ बर्गको आगमन हुने गर्दछ । यस समुदायमा जन्मेका ब्यक्तिहरुको सोही बर्ग अनुसार उमेर समेत पत्ता लगाउने प्रचलन रहेको छ । तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रले तमु समुदायको भाषा, धर्म, संस्कार र संस्कृति बचाउने उदेश्यले प्रत्येक जिल्ला शाखाहरुलाई तमु ल्होसार मनाउन निर्देशन गर्दछ । तमू समुदायहरुले आफनो पहिचान बचाउन विभिन्न कार्यक्रमहरुका साथै तमु ल्होसार मनाउदै आएको समाजका अध्यक्ष चन्द्रज्वज गुरुङले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.