Gorkha Sansar

बन्दीपुर भ्रमण वर्ष–२०२५ ः टु“डिखेलमा एकैपटक एक हजार जनालाई कौरा नचाइने

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलमा एक हजार जनालाई कौरा नचाउने तयारी गरिएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ को समापन कार्यक्रम ‘तमु ल्होसार’ पर्वको अवसर पारेर आगामी पुष १५ गते भव्य रूपमा कौरा नचाउने तयारी गरिएको सम्पादा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए । ‘बन्दीपुर भ्रमण वर्ष २०२५ ल्होसार पर्व संगसंगै विविध साँस्कृतिक कायृक्रमका साथ खाना महोत्सव मनाउने गरी तयारी भएको छ’, अध्यक्ष गुरुङले भने, ‘तमु ल्होसारको उमंगका साथ आजसम्मकै सबैभन्दा धेरै कलाकारहरुद्वारा प्रस्तुत गरिने चुट्का (कौरा) नाच, पुस १६ गते चर्चित व्याण्डका साथ संगीतमय न्यू यर इभ कार्यक्रम र पुस १७ गते राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ विविध खानाका परिकारहरुसंग आनन्द लिन पाइने छ ।’ दुई रात तीन दिने यस महोत्सवमा बन्दीपुरका सम्पूर्ण होटल तथा होमस्टेका साथै केवुल कारमा विशेष छुटको व्यवस्था गरिएको बन्दीपुर भ्रमणप वर्ष २०२५ का संयोजक बैंस गुरुङले जानकारी गराए । यस्तै, बन्दीपुरले आगामि सन् २०२६ लाई सहासिक पर्यटन वर्षका रुपमा मनाउने समेत योजना बनाएको छ । ‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने मूल नाराका साथ तनहुँको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको भ्रमण वर्षका सह–संयोजक समेत रहेका हरिसिं गुरुङले बताए । कार्यक्रममा सह–आयोजक, प्रवद्र्धक, कलाकार, दर्शक तथा सहयोगी सबैको खुला सहभागिता रहनेछ । नृत्यमा सहभागी हुन इच्छुक व्यक्तिहरूले आ–आफ्नो जातीय तथा संस्थागत पोशाकमा उपस्थिति जनाउनु बताइएको छ । समूहगत रूपमा सहभागी हुन चाहनेले कम्तिमा २५ जनाको समूह बनाएर दर्ता गर्नुपर्नेछ । यस्ता समूहलाई कौरा नृत्य प्रतियोगितामा समेत सहभागी हुने अवसर प्रदान गरिने भएको छ। सहभागी कलाकार तथा समूहलाई सम्मान तथा पुरस्कारको व्यवस्था पनि गरिएको आयोजक समितिले जनाएको छ । बन्दीपुर भ्रमाण वर्ष–२०२५ पर्यटन प्रवद्र्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.