Gorkha Sansar

करदाता सेवा कार्यालय खारेजी राेक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र

पाैष ६ गते, गाेरखा

गाेरखाका व्यवसायीहरूले अाज प्रमुख जिल्ला अधिकारीलाइ भेट गरी करदाता सेवा कार्यालय खारेजी राेक्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

अाज प्रमुख जिल्ला अधिकारीकाे कार्यकक्षमा भेट गरी सरकारले गरेकाे जिल्लास्थित करदाता सेवा कार्यालय खारेजी भएमा जिल्लाभरका साना ठूला व्यवसायीहरूलाइ मार पर्ने हुँदा कुनै पनि हालतमा कार्यालय हटाउन नहुने बताइएकाे थियाे ।

जिल्लामा क्रियाशील सवैजसाे व्यवसायीहरूकाे प्रतिनिधीहरूकाे उपस्थितिमा ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले अाफू सदैव व्यवसायीहरूकाे पक्षमा रहने र अाफ्नाे तर्फबाट सम्भव भएसम्म पहल गर्ने बताउनुभएकाे थियाे ।

बिज्ञप्तिमा बताइए अनुसार गाेरखा जिल्लास्थित करदाता सेवा कार्यालय बाट बार्षिक ६० कराेडभन्दा बढी राजश्व संकलन हुँदै अाइरहेकाे छ । कर्मचारी कटाैती नहुने तर जिल्लामा रहेका कर्मचारीहरू दमाैलीस्थित कार्यालयमा स्थानान्तरण हुने भएकाे हुँदा करदाताहरूलाइ समेत सामान्य करचुक्ता लगायतका काम गर्न अाफ्नाे जिल्ला छाडी अन्यत्र जानुपर्ने र काममा समेत ढिलाइ हुने भन्दै कार्यालय गाेरखामा नै थमैाती गर्नुपर्ने माग राखेका छन् ।

बिज्ञप्तिमा करदाता तथा व्यवसायी समुदायलाई परामर्श नगरी यस्ता निर्णय लागू गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले स्वयं बहन गर्नुपर्नेछ। भनिएकाे छ ।

गाेरखामा २८ हजार भन्दा बढी करदाताहरू रहेकाे बताइएकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.