मानिस एउटा चेतनशिल प्राणी मान्छे हो, आफू( मान्छे)भएपछि मान्छे जस्तै भएर बाँच्ने चाहना राख्ने हो भने पहिले आफू लाई बुझौं र आफैलाई पढौं, यो पृथ्वीमा मानिसको रुपमा जन्मेदेखी आजसम्म घरमा आमाबुवा लगायत अग्रजहरुसँग खान,हिड्न, बोल्न, पढ्नलेख्न र गहकिला संस्कार पढ्यौं । विद्यालय महाविद्यालयमा विज्ञान,गणित, सामाजिक अंग्रेजी नेपाली लगायत धेरै विषय पढ्यौं, समाज पढ्यौं, साथीभाई इष्टमित्र आफन्त र छिमेकीहरु पढ्यौं । समय काम र यसको महत्व पढ्यौं, पैसा पढ्यौं सम्पत्ति पढ्यौै, श्रीमती छोराछोरी बुवाआमा लगायतका परिवार पढ्यौं अथवा सबैथोक पढ्यौं तर आफूलाई पढेनौं । यसरी आफैलाई बुझ्ने बिज्ञान नपढेको मानिसले बाँकी अरु जति चिज पढे पनि वा जतिठुलो डिग्री प्राप्त गरेको भएतापनि केही अर्थ राख्दैन । यसका लागी हामीले ठूलो केही गर्नुपर्दैन तर थोरै कुरामा ध्यान दिनसके पुग्छ ।
– हामी एक्लै भएकोबेला यहि मेरो वास्तवपक रुप हो, भन्ने बुझौं । त्यतिबेला मनमा उब्जने बिचारहरुले नै हामीलाई बिगार्ने वा बनाउने हुन् । त्यसैले नकरात्मक बिचार, त्यागी सदैव सकरात्मक बिचार मात्र अपनाउँ ।
– अरु मानिस साथमा रहेकोबेला आफ्नो जिब्रोमाथी नियन्त्रण गरौं । किनकी आफूले बोलेका शब्दहरु फिर्ता आउँदैनन् त्यसैले हरेक बोलीमा मिठास मिलाएर बोलौं । यस्तो बानीले हाम्रो बोली सुनेर सबै रमाउन जान्नेछन् तर कठोर शब्द बोलियो भने भैरहेको सम्बन्ध पनि चिसो हुनसक्छ ।
– कहिलेकाहीँ रिसको झोकमा लिईने निर्णयले जीवन पश्चतापको भारी बन्नेहुँदा जीवनको लय सकरात्मकतामा बदलिन सक्छ, भन्ने कुरा बुझिराखौं ।
– फलेको बृक्षमात्र झुक्छ,भन्ने जानेका हरुले अरुका अगाडी शान्त र बिनम्रभई झुक्न सिकौं । किनकी बिनम्रतामा नै सच्चा महानता हुन्छ ।
– कसैले आफ्नो प्रशंसागर्दा घमण्डीहरु जस्तै आफैमा हराउने बानी त्यागौं । किनकी साँचो व्यक्तिले गरेको प्रशंसामा नम्रता र आलोचना शसक्त हुने गर्दछ ।
– कसैले आफ्नोबारेमा गलत बुझेर गलतै बोल्दा आफ्नो भावनामा नियन्त्रण राखौं । हरेक कुरामा स्पष्टीकरण दिईरहन पर्छ भन्ने हुँदैन,किनकी हरेक सत्यता समयको बदलावसँगै स्वत: बोल्ने गर्छ ।
अन्त्यमा: सँधै त्यहिकाम गरौं, जुन कामले आफूलाई हृदय देखि नै खुशी र आत्म संतुष्टि दिन्छ । किनकी आफ्नो लागी बाँच्न जान्नु नै साँचो जीवन हो, यो जीवन केवल श्वास फेर्ने प्रकृया मात्र नभई सदैव आफू खुशी रहेर अरुलाई समेत खुशी राख्न प्रयत्न गरिने यात्रा हो । त्यसैले पहिला आफूलाई बुझौं, आफै लाई प्रेमगरौं, सौभाग्यले प्राप्त यो मानव जीवनलाई सम्मान गरौं तब मात्र मानिस भएर मानिस जस्तै बन्न सकिन्छ होला ।
नोट: यो लेख कसैको प्रतिष्ठामा ठेस पुग्ने नियत राखेर तयार गरेको होईन ।
लेखकः खुमलाल कंडेल
नवलपरासी, (ब.सू.पूर्व)
लेखक निकै प्रेरणादायी व्यक्तित्व हुनुका साथै अध्ययनशील एवं जीवन जगतका एक चिन्तक प्रेरक हुनुहुन्छ ।
