Gorkha Sansar

अाज भाइटिकाः उत्तम साइत ११ः३९ मा

६ कात्तिक

हिन्दू नेपालीहरूको महान चाड दिपालीको मुख्य दिन अाज भाइटिकाको उत्तम साइत ११बजे ३९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

परम्परा देखि मनाइँदै अाएको भाइटिकामा दाजुभाइलाइ दिदीबहिनीले पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाएर सेलरोटीसहित मिठा मिठा खानेकुरा दिने प्रचलन रहेको छ । त्यस्तै गरी दाजुभाइले पनि दिदीबहिनीलाइ गच्छेअनुसार टिका लगाएर दक्षिणा, उपहार अादि दिने चलन रहिअाएको छ ।

पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाउने प्रचलन रहेको भएतापनि पञ्चरङ्गी टिका नै तिहारमा लगाउन उत्तम हुने धर्मशास्त्रविद एवम् नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले बताउनुभएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.