४ कार्तिक,काठमाण्डाै
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएकाे सर्वदलीय बैठकमा एमालेका तर्फबाट सहभागी भएका शंकर पाेखरेल र प्रदीपकुमार ज्ञवालीले निर्धारित समयमा चुनाव हुनेप्रति आशंका व्यक्त गरेका छन् ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले एमालेका तर्फबाट सहभागी हरूले शंका व्यक्त मात्र गरेकाे तर चुनावकाे बिराेध भने नगरेकाे बताएका छन् । सरकारकाे मुख्य ध्येय भनेकाे निर्धारित समयमा निर्वाचन गराउनु बताइएकाे छ ।
सर्वदलीय बैठकमा एमालेबाट सहभागी भएका पोखरेल महासचिव र ज्ञवाली उपमहासचिव हुन।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा अोली ले अान्दाेलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हातहतियार बाहिर रहेसम्म निर्धक्क तरीकाले चुनाव गराउन नसक्ने बताउँदै अाउनु भएकाे थियाे ।