Gorkha Sansar

लुटिएका हतियार र फरार कैदीबन्दी तथा थुनुवाका कारण देशमा सुरक्षा चुनैाती बढने खतरा

जेनजी अान्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी तथा थुनुवाका कारण देशमा सुरक्षा चुनैाती बढने खतरा बढेको छ ।

भदौ २४ गते लुटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका सबै हतियार अझै फिर्ता भएका छैनन ।

जेन जी अान्दोलनका क्रममा कूल ९७८ थान हतियार लुटिएको तथ्याँकमा बताइएको भएतापनि १२०० बढी हतियार बाहिरिएको अाशंका गरिएको छ । नेपाली सेनाले भने ९७८ थान लुटिएको र सो मध्ये अाधा जति हतियार फिर्ता अाएको बताइएको छ ।

सेनाको युद्धकार्य बिभागका प्रमुख अनुपजंग थापाका अनुसार फिर्ता गरिएका हतियार सम्बन्धित निकायलाइ नै बुझाइएको छ ।

उपरथी थापाका अनुसार जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लुटेका हतियार आन्दोलनकारीले नेपाली सेनालाई बुझाएका थिए। केही हतियार भने सेनाले बरामद गरेको थियो।

लुटिएका हतियार र फरार कैदीबन्दी नै देशको प्रमुख चुनैाती हुन सक्ने भनी प्रहरीले मुख्य गरी फरार कैदीबन्दी, हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार खोज्न सूक्ष्म रूपमा बिशेष अभियान नै शुरू गरेको छ।

यस अघि असोज मसान्त सम्म फिर्ता गरे कार्वाही नगर्ने जनाइएको थियो भने अवको स्थिति कस्तो बन्ला भन्ने सर्वसाधारणमा जिज्ञासाको बिषय नै बनेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.