Gorkha Sansar

जीवन ज्योति मावि भूतपूर्व विद्यार्थी समाज गठन

गोर्खाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटार स्थित जीवनज्योति माध्यमिक विद्यालयमा आज भरतराज पाण्डेको संयोजकत्वमा जीवनज्योति मावि भूतपूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ।

आजै गठन भएको समितिका अन्य सदस्यहरूमा अधिवक्ता हरिनारायण श्रेष्ठ, इन्जिनियर गणेश कुमाल, इन्जिनियर सम्झना  ढकाल, डाक्टर गौरव खत्री, गङ्गालाल श्रेष्ठ, अनिल खत्री, रमेश पराजुली, सुरज बिक, चिज कुमार कुमाल, जनक भट्ट, आनन्दराज सिलवाल,आनन्द पाण्डे र गणेशलाल श्रेष्ठ रहेका छन्।

सोही भेलाले विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकाल र शिक्षक डाक्टर रविन्द्र कडेललाई सल्लाहकार को रुपमा समेत चयन गरेको छ।

विद्यालय र समुदाय जोड्ने अभियान सँगसँगै विद्यालयको शैक्षिक स्तर उकास्न समेत योगदान दिने उद्देश्यका साथ विजयदशमी २०८२ को महानवमी का दिन विद्यालय प्राङ्गणमा भेला भएका भूतपूर्व विद्यार्थीहरूले आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै शुभकामना समेत आदानप्रदान गरेका थिए । उक्त अवसरमा उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरूले विद्यालयको उत्तरोत्तर प्रगतिको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यालयका प्रधानाध्यापक कुमार ढकालको उपस्थितिमा सम्पन्न भएको भेलाको संयोजन सही विद्यालयका भूतपूर्व विद्यार्थी एवं वर्तमान शिक्षक डाक्टर रविन्द्र कडेलले गर्नुभएको थियो। भेलामा विभिन्न स्थानमा सफल हुन सक्षम भएका विद्यालयका पूर्व विद्यार्थीहरू को उपस्थिति रहेको थियो।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.