सामाजिक बेथितिविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी आशिका तामाङ पछिल्ला दिनमा जेन–जी आन्दोलनमा सक्रिय अभियान्ताका रूपमा अघि आएकी छन्। उनका केही कार्यशैलीलाई लिएर प्रश्न उठाइए पनि उनी निरन्तर सामाजिक परिवर्तनका पक्षमा जुटिरहेकी छिन् । जेन–जी आन्दोलनको प्रदर्शनमा प्रत्यक्ष सहभागी भएर उनले प्रदर्शनकारीहरूलाई पानी र बिस्कुट बाँडिन्। त्यसपछि घाइतेहरूको उपचार र स्याहार–सुसारमा खटिँदै सहयोग जुटाउन सक्रिय भइन् । आन्दोलनको तेस्रो दिन उनले सडक सरसफाइ अभियानसमेत सञ्चालन गरिन्। हाल उनी घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोग र स्रोत जुटाउन लागिपरेकी छिन्। आशिका तामाङको यो बहुआयामिक संलग्नताले उनी केवल प्रदर्शनकारी मात्रै नभई सामाजिक उत्तरदायित्व वहन गर्ने अभियान्ता हुन् भन्ने सन्देश दिएको छ ।
जेन–जी आन्दोलनका घाइतेको स्याहार र सहयोगमा सक्रिय समाजसेवी आशिका तामाङ
