Gorkha Sansar

सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको म्याद असोज मसान्तसम्म

काठमाडौं, ३ असोज । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयसीमा असोज मसान्तसम्म लम्ब्याएको छ। गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

पहिले नियमावलीअनुसार सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र आफ्नो वडा कार्यालयमा उपस्थित भएर नवीकरणको निवेदन दिनुपर्ने व्यवस्था थियो । अब यो समयसीमा असोज मसान्तसम्म हुने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

नियमावलीको दफा ८ अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले अनुसूची–२ बमोजिमको ढाँचामा निशुल्क परिचयपत्र उपलब्ध गराउने व्यवस्था छ । परिचयपत्रको मान्य अवधि एक आर्थिक वर्षको हुने र हराएमा वा नष्ट भएमा एक सय रुपैयाँ शुल्क तिरेर प्रतिलिपि लिन सकिने व्यवस्था यथावत् रहने मन्त्रालयले जनाएको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.