काठमाडौं, ३ असोज । जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा आगजनी भएर क्षतिग्रस्त भएका सवारीसाधन हटाउने काम सुरु गरिएको छ ।
जलेका गाडीहरूलाई सिंहदरबारबाट उठाएर बीआईसीसी भवनको पूर्वपट्टि रहेको सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्न थालिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सिंहदरबार परिसर कुरुप देखिएको भन्दै जलेका सवारीसाधन अन्यत्र सार्न निर्देशन दिएका थिए ।
उनको निर्देशनअनुसार आजदेखि जलेका सवारीसाधनहरू अन्यत्र सार्ने काम सुरु गरिएको हो । सिंहदरबारसहित काठमाडौं उपत्यकामा मात्रै करिब १ हजारभन्दा बढी गाडी जलेको प्रारम्भिक तथ्यांक छ ।