Gorkha Sansar

जनमत पार्टीका ६ केन्द्रीय नेताले पार्टी परित्याग गरे

काठमाडौं, २ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।
उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले बिहीबार साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका हुन् ।
पूर्व नेताहरूले पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका थिए। राउतले सामाजिक सञ्जालमार्फत भनेका थिए कि पार्टी छोड्ने उपयुक्त समय आएको छ ।
पार्टी परित्यागको घोषणा गरेका प्रवक्ता डा. शरदसिंह यादवले भने, “हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं । उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौं।”

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.