Gorkha Sansar

सप्तकोशीमा जलसतह बढ्दा कोशी ब्यारेजका २७ ढोका खुला

काठमाडौं,  ०१ असोज सप्तकोशी नदीमा जलसतह बढेसँगै कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, आज बिहान ११ बजे गरिएको मापनमा पानीको प्रवाह २,०७,०३० क्युसेक पुगेपछि ढोका खोलिएको हो।

मंगलबार राति १० बजे प्रवाह १,८२,२८७ क्युसेक हुँदा २४ ढोका मात्र खोलिएको थियो। गत भदौ १७ गते पानीको बहाव उच्च भएपछि ५६ मध्ये ३८ ढोका खोलिएको थियो।

कोशी ब्यारेजमा १,५०,००० क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने प्रचलन छ। अहिले ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण सप्तकोशीको जलसतह बढ्दै गएको हो।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.