Gorkha Sansar

महान्यायाधिवक्तामा सविता भण्डारी बरालको नाम सिफारिस, मुलुकको इतिहासमै पहिलो महिला

 

काठमाडौं २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गर्ने तयारी गरेकी छिन् ।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा बरालको नाम पठाउने प्रक्रिया अघि बढाएकी छन् ।

यसअघि आजै, महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए। बडालको राजीनामा स्वीकृत भएसँगै सरकार महान्यायाधिवक्तामा नयाँ नाम टुंग्याउने तयारीमा लागेको हो ।

यदि बराल नियुक्त भइन् भने, नेपालको इतिहासमै पहिलो महिला महान्यायाधिवक्ताको रूपमा उनले जिम्मेवारी सम्हाल्नेछिन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.