Gorkha Sansar

कर्फ्यु खुल्दै, पेट्रोल पम्पमा लामो लाइन

काठमाडाैं, २७ भदौ  । कर्फ्यु खुल्ने बित्तिकै उपत्यकाका पेट्रोल पम्पमा सवारी चालकहरू इन्धन भर्न लामबद्ध देखिएका छन् । बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, वनस्थली, लोकन्थली र जडीबुटी लगायतका क्षेत्रमा पनि लामो लाइन देखिएको छ ।

उपत्यकाभरि केही पम्पहरू खुलेका छन् भने केही अझै बन्द अवस्थामा छन् । कर्फ्यु खुल्दा इन्धन भर्न आएका सवारी साधनको सङ्ख्या बढेको छ, जसले गर्दा पेट्रोल पम्पमा भीडको अवस्था सिर्जना भएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.