Gorkha Sansar

धरानका मेयर हर्क साम्पाङलाई काठमाडौंमा र्‍यालीसहित स्वागत

काठमाडौं,  १६ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आइपुग्दा समर्थकहरूले र्‍यालीसहित भव्य स्वागत गरेका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ठूलो भीड जम्मा भई विमानस्थल गेटदेखि नै नाराबाजीसहित र्‍यालीका माध्यमबाट उनलाई स्वागत गरिएको थियो ।

विमानस्थलमा देखिएको उत्साहप्रति प्रतिक्रिया जनाउँदै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्—
कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ । सबैलाई धन्यवाद।”

धरानमा कहिले पानी अभावका कारण गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्दै, कहिले राजधानीमा एक्लै आवाज उठाउँदै आएका साम्पाङ आज पनि आफ्नै शैलीमा जनसमर्थन बटुलिरहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.