काठमाडौं, ११ भाद्र – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरलाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । बुधबार महर आफैं नेपाल प्रहरी साइबर ब्युरो, भोटाहिटी उपस्थित भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो । महरलाई थुनामा राखेर अनुसन्धान भइरहेको र म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
महरविरुद्ध मुद्दा दर्ता हुने वा नहुने भन्ने टुंगो अदालतको आदेशपछि लाग्नेछ ।