Gorkha Sansar

नक्कली प्रमाणपत्र प्रकरण : रास्वपा नेता कँडेल पक्राउ

रुपन्देही, ६ भाद्र । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र बनाउने गिरोहमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एकजना नेता पक्राउ परेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया बसपार्क नजिकैबाट पक्राउ परेका २५ वर्षीय भारतीय नागरिक अभिषेक यादवको बयानका आधारमा, चितवनको कालिका नगरपालिका–५ का ५० वर्षीय कँडेल पक्राउ परेका हुन्।

कानपुरका यादवले प्रहरीसमक्ष दिएको बयानअनुसार, कँडेलेकै योजनामा नक्कली शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलमार्क, भिसा स्टिकरसहितका कागजातहरू तयार पार्ने गरेका थिए । अनुसन्धानबाट यादवले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाहरूका नक्कली कागजात बिक्रीवितरण गर्ने गरेको तथ्य खुलेको छ ।

यादवको बयानपछि रुपन्देही प्रहरीले चितवनस्थित कलेज कोच नेपाल प्रालि का सञ्चालक समेत रहेका कँडेललाई पक्राउ गरेको हो । उनी रास्वपा बागमती प्रदेश प्रशिक्षक विभागका संयोजक रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार चितवन प्रहरीको सहयोगमा कँडेललाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.