Gorkha Sansar

हेटौँडा उपमहानगरले पहिलो महिनामै ३.५ करोड राजस्व संकलन

बागमती, ६ भाद्र । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा तीन करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपमहानगरको राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीका अनुसार संकलित राजस्वमध्ये पूर्वाधार सेवाको उपयोग शुल्कबाट एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति करबाट ४५ लाख ९९ हजार, घरबहाल करबाट ६५ लाख २० हजार, बहाल बिटोरी करबाट १६ लाख ४५ हजार, व्यवसाय करबाट ४१ लाख १७ हजार र प्रशासनिक दण्ड–जरिवाना तथा जफतमार्फत दुई लाख ३१ हजार उठाइएको हो ।

यो संख्याले गत आर्थिक वर्षको सोही अवधिभन्दा करिब एक करोड कम राजस्व संकलन भएको देखाएको छ ।

गत वर्ष (२०८०/८१) को सोही अवधिमा हेटौँडाले करिब चार करोड १४ लाख राजस्व संकलन गरेको थियो । जसमा सम्पत्ति कर एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोग शुल्क एक करोड १८ लाख ७५ हजार, घरबहाल कर ५० लाख ६५ हजार, सिफारिस दस्तुर ३३ लाख ४० हजार, बहाल बिटोरी कर १८ लाख ७८ हजार, व्यवसाय कर ४१ लाख २१ हजार र प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट पाँच लाख ९६ हजार संकलन भएको थियो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.