काठमाडौं, २९ साउन — राजधानीसहित स्थानीय बजारमा रातो बन्दाको भाउ ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार मात्र थोक मूल्य प्रतिकिलो ५६ रुपैयाँले बढेको छ।
बुधबार प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको रातो बन्दा आज ३ सय ६ रुपैयाँमा पुगेको हो।
असारको पहिलो साता मात्र प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको रातो बन्दाको भाउ हाल तीन गुणाभन्दा बढी बढेको समितिको तथ्यांकमा उल्लेख छ।