Gorkha Sansar

वर्षाका कारण बुटवल–नारायणघाट सडक पुनः अवरुद्ध

नवलपरासी, २२ साउन — लगातारको वर्षाले बुटवल–नारायणघाट सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड फेरि अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पैसठ्ठी मोड नजिक सडक हिलो र चिप्लो भएपछि ट्रक तथा अन्य सवारी फसेर आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

गत सोमबार बिहानदेखि अवरुद्ध बनेको दाउन्ने खण्ड बीचमा केही समय सञ्चालन भए पनि वर्षा रोकिएनपछि आज बिहानदेखि पुनः बन्द भएको हो।
“हल्का वर्षामै पनि गाडी चिप्लिएर गुड्न सक्दैनन्। उकालोमा ट्रक फस्दा पूर्व–पश्चिम यातायातमा ठूलो समस्या हुन्छ,” ढकालले भने।

दाउन्ने पहाड कटान गरी सडक विस्तार भइरहेको यो क्षेत्रमा सामान्य वर्षामा समेत अवरोध हुने गरेको छ। विनयी त्रिवेणी गाउँपालिका–२ को विश्वकर्मा मन्दिर नजिक निरन्तर समस्या देखिँदै आएको छ। अहिले सडक मर्मतका प्रयास भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.