Gorkha Sansar

बाबा, अब कहिल्यै विषादी खाँदिनँ’ : सानो भूलले बालकको जीवन संकटमा

 चितवन, २१ साउन । भविष्य बनाउने सपना बोकेर काभ्रेबाट हेटौंडा पुगेका हरिराम शर्मा (नाम परिवर्तन) आजकल अस्पतालको ICU कक्षबाहिर रात काटिरहेका छन् । व्यवसायिक खेतीको लागि ल्याइएको विषादी सानो छोराले गल्तीले सेवन गरेपछि उनका सबै सपना चकनाचुर भएका छन् ।

हरिरामको ११ वर्षीय छोरा, कक्षा ५ का विद्यार्थी, नागपञ्चमीको दिन खेतको झार मार्ने पाराक्वेट विषादी खाएर गम्भीर बिरामी भएका हुन् । सुरुमा सामान्य देखिए पनि अहिले उनका अन्ननली, कलेजो र मिर्गौलामा गहिरो असर परेको चिकित्सकको भनाइ छ ।

बाबा, झुक्किएर खाएँ, अब कहिल्यै गर्दिनँ”
ICU बेडमा विस्तारै सिथिल हुँदै गएका छोरा बेलाबेलामा बुबासँग यस्तो भन्छन् ।
उनका बुबा हरिराम भक्कानिन्छन्, “छोराको पीडा हेर्न नसक्ने भइसकेँ ।”

छोरा भर्ना भएदेखि आमा, दिदी र बुबा सँगै अस्पतालमै छन्। बालकले विषादी सेवन गर्नु अगाडि केही दिन यथेष्ट निद्राको अभाव, झर्किने बानी, र पढाइमा मन नलाग्ने अवस्था देखिएको थियो ।

छोराले खीर खाएको त्यो दिन…”
साउन १५ मा छोरा खीर खाने रहर प्रकट गरेपछि हरिरामले मानव सेवा आश्रमबाट ल्याएर खीर खुवाए। “उसको हरेक चाहना पुरा गर्ने कोशिश गरेँ”, हरिराम भन्छन् ।

गरिबलाई विष हाल्न लगाउने रहेछन्”
विषादीका विकल्पबारे आफूलाई कसैले नभनेको गुनासो गर्दै हरिराम भन्छन् – “रासायनिक विषादीका ठाउँमा जैविक औषधि प्रयोग गर्नुपर्छ भन्ने ज्ञान अहिले बल्ल भयो । अबदेखि घरमा विषादी नराख्ने निर्णय गरेको छु ।”

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.