काठमाडौं, १८ साउन । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार बिहान दुर्घटनामा परेको हो। बस मर्याङ्दी नदीको किनारमा पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार हालसम्म दुई जनाको उद्धार गरिएको छ भने अन्य यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र बसमा कति यात्रु सवार थिए भन्ने अझै यकिन भइसकेको छैन ।
यसअघि पनि सोही स्थानमा ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री बोकेको बस मर्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो ।