गोरखा, साउन १७ गते
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित बगर गुरुङ गाउँका ४५ वर्षका विलबहादुर कुमालले आज झुण्डिएर आत्महत्या गरेका छन्।
आज बिहान करिब १० बजेतिर घरबाट निस्केका कुमाल करिब डेढ घण्टा अर्थात् साढे ११ बजेतिर घर भन्दा करिब १०० मिटर तल रहेको बकाइनाको बोटमा झुण्डिएको अवस्थामा आफ्नै आमा सरी कुमालले भेटेको बताइएको छ।
नाम्लोको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि जिउँदै छ कि भनेर हत्तपत्त आमा कुमालले समातेपछि डोरी फुत्किएर भुइमा लडेको बताइएको छ ।
अस्थायी प्रहरी पोष्ट बिरुवाटारको टोली घटनास्थलमा पुगे घटनाको बारेमा विस्तृत विवरण बुझ्ने काम भइरहेको र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोली पनि उक्त स्थानमा आइ मुचुल्का बनाउने कार्य भइरहेको छ।
मृत कुमालको दुई छोरा रहेका छन्। उनले किन आत्महत्या गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।