Gorkha Sansar

बेइजिङमा भीषण बाढी: ३० जनाको मृत्यु, ८० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

बेइजिङ — चीनको राजधानी बेइजिङ तथा उत्तरी क्षेत्रहरूमा आएको भीषण वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार हालसम्म बाढीमा परेर ३० जनाको ज्यान गइसकेको छ भने बेइजिङबाट मात्र ८० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले दर्जनौँ सडकहरू भत्काएका छन् भने बेइजिङको हुएरौ जिल्लामा एउटा पुल पूर्ण रूपमा भत्किएको बताइएको छ। उद्धार कार्य जारी छ र प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने प्रयास भइरहेको छ ।

बीबीसी

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.