Gorkha Sansar

ढाकाको स्कुल परिसरमा बंगलादेशी लडाकु विमान दुर्घटना : १६ जनाको ज्यान गयो, १५० भन्दा बढी घाइते

काठमाडौं / बंगलादेश वायुसेनाको एक एफ–७ बीजेआई ट्रेनर लडाकु विमान सोमबार दिउँसो राजधानी ढाकास्थित दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल भवनमा ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका व्यक्तिहरूलाई ढाका मेडिकल कलेज, राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल र उत्तरा मोडर्न अस्पतालमा भर्ना गरिएको छ ।

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामका अनुसार स्कूल बन्द हुने समयमै घटना भएको थियो। “विमान भवनमै ठोक्किएको थियो। नर्सरी र जुनियर तहका धेरै कक्षामा क्षति पुगेको छ। स्कुलको मूल गेट पूर्ण रूपमा ध्वस्त भएको छ र आगलागीसमेत भएको थियो,” उनले भने ।

इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) द्वारा जारी विज्ञप्तिअनुसार विमान दिउँसो १:०६ बजे उडेको थियो । उडानपछि केही समयमै विमानको नियन्त्रण गुमेर जमिनमा खसेको थियो ।

घटनास्थलमा अग्निनियन्त्रक सेवाका नौवटा युनिटले तत्काल उद्धार कार्य थालेका थिए। दुर्घटनापछि बंगलादेश सरकारले मंगलबारका दिनलाई राष्ट्रिय शोकको रूपमा घोषणा गरेको छ ।

बीबीसी हिन्दी

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.